नियम ९
वैज्ञानिक अनुसन्धानको लागि नमूना सङ्कलन गर्न सकिने
९. वैज्ञानिक अनुसन्धानको लागि नमूना सङ्कलन गर्न सकिने
(१) निकुञ्जको हितका लागि उपयुक्त हुने काम वा वैज्ञानिक अनुसन्धानको निमित्त ऐन बमोजिम नूमना सङ्कलन गर्न चाहने व्यक्तिले संरक्षक समक्ष लिखित निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएका संरक्षकले ऐनको अनुसूची– १ म उल्लिखित वन्यजन्तु बाहेक अन्य वन्यजन्तुलाई पक्री अनुसन्धानको निमित्त नमूना सङ्कलन गर्न आवश्यक शर्तहरु तोकी अनुमतिपत्र दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम अनुमतिपत्र दिँदा लाग्ने दस्तुर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० बमोजिम हुनेछ ।